खोलानाला तथा नदीमा पानीको प्रवाह वृद्धि भएसँगै नेपाल विद्युत प्राधिकरणले फेरि भारततर्फ विद्युत निर्यात सुरु गरेको छ।
प्राधिकरणका अनुसार गत शनिबारदेखि भारतमा विद्युत पठाउन थालिएको हो। प्रवक्ता राजाभाइ सिल्पकारले दिएको जानकारीअनुसार हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारतमा निर्यात भइरहेको छ।
प्राधिकरणले रातको समयमा घरेलु खपतभन्दा बढी उत्पादन भएको विद्युत भारततर्फ पठाउने गरेको जनाएको छ। यद्यपि, खपत बढी हुने बिहान र दिउँसोको समयमा भने प्राधिकरणले इन्डियन एक्सचेन्जमार्फत भारतबाट विद्युत आयात पनि गरिरहेको छ।