• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजसंस्थाको समर्थनमा आन्दोलन गर्न रास्वपालाई नवराज सुवेदीको आग्रह

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि प्रस्तावित जनआन्दोलनमा सहकार्य गर्न पत्र पठाएका छन्।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै सुवेदीले पत्रमार्फत जेठ १५ गतेदेखि सुरु हुन लागेको आन्दोलनबारे जानकारी गराएका हुन्।

पत्रमा सुवेदीले रास्वपा अध्यक्ष रवि लामिछानेले हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्यायको अभाव रहेको धारणा राखेको उल्लेख गर्दै, वर्तमान प्रणालीप्रति असन्तुष्टि दुवै पक्षमा साझा भएको बताएका छन्।

तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ।’ भन्दै राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकार्यका लागि प्रस्ताव गरेका छन्।

सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र नै पठाएर राजावादी आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका छन्।

उनले चरम दलीयकरण, अव्यवस्था, न्यायको कमी र राष्ट्रिय पहिचान संकटका कारण यो आन्दोलन आवश्यक भएको बताउँदै रास्वपालाई सहकार्यका लागि आग्रह गरेका छन्।

पत्रमा भनिएको छ, “आउनुहोस्, हामी मिलेर संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि अघि बढौं।”