सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न निर्देशन दिएको हो।
सरकारको आलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकै आधारमा केसीलाई पक्राउ गरिएको थियो। अधिवक्ता राजकुमार श्रेष्ठले केसीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

