• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

महिला समितिमा लफडा : माओवादी सांसदले सभापतिलाई फालिन् माइक

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा तीव्र भनाभनसँगै माइक फाल्ने घटना भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले बैठकको क्रममा माइक फालेकी हुन्।

बैठकमा वार्षिक प्रतिवेदन पारित गर्ने कार्यसूची तय भए पनि भ्रमणलगायतका विषयमा सभापति किरणकुमार साहसँगको विवादले परिस्थिति तनावपूर्ण बनेको हो। माओवादीकी अर्की सांसद सुशीला सिर्पाली बोलिरहेकै बेला बैठकमा प्रवेश गरेकी कुसारीले पनि बोल्न खोज्दा विवाद चर्किएको हो।

एक सांसदका अनुसार सभापति साहले बोल्ने अनुमति नदिएपछि कुसारी आक्रोशित भइ माइक र आफ्नो नाम राखिएको नेमप्लेट उठाएर फालेकी थिइन्। त्यस क्रममा सभापति साह र कुसारीबीच केही समय तर्कवितर्क समेत भएको थियो ।

सांसद कल्पना मियाँले माइक फालेको कुरा स्विकार्दै अब सभापति नबदले बैठकमा नआउने बताएकी छन् ।