• २०८३ असार १४
  • 2026 June 28, Sunday

उत्तर प्रदेशमा आँधी र बेहरीका कारण १४ जनाको मृत्यु

  • २०८२ जेठ ८, बिहीबार १२:०४

नयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश र भारतका अन्य क्षेत्रहरूमा आएको आँधीले जनधनको ठूलो क्षति पुर्याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ।

मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत कार्य शीघ्रता साथ सम्पन्न गर्न निर्देशन दिएका छन्।

आँधीले उत्तर प्रदेश मात्रै होइन, दिल्लीका धेरै क्षेत्रहरूलाई पनि प्रभावित गरेको छ। राजधानी दिल्लीका विभिन्न स्थानहरूमा रूखहरू ढलेर सवारी साधनमा क्षति पुगेको थियो। यसका कारण धेरै स्थानमा यातायात अवरुद्ध भएको थियो भने मेट्रो सेवामा पनि असर परेको छ।

  • २०८२ जेठ ८, बिहीबार १२:०४