• २०८३ असार १४
  • 2026 June 28, Sunday

तेल आपूर्तिमा अवरोधको आशंका बढेसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो

  • २०८२ जेठ ८, बिहीबार १२:५४

एजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने आशंकाका बीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि देखिएको छ। इजरायलले इरानका आणविक स्थापनाहरूलाई लक्षित गर्ने चेतावनी दिएका कारण क्षेत्रीय तनाव चुलिँदै गएपछि तेलको मूल्य बढेको हो।

मंगलबार अमेरिकी सञ्चारमाध्यमहरूले इजरायल इरानमाथि सम्भावित आक्रमणको तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेका थिए। यसले मध्यपूर्वमा तनाव बढाउने सम्भावना र तेल आपूर्तिमा अवरोध ल्याउने चिन्ताले बजारमा असर पुर्याएको छ।

यसै कारण बुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि हल्का कच्चा तेल (WTI) को मूल्य ९६ सेन्टले अर्थात् १.६ प्रतिशतले बढेको छ। यस्तै, जुलाई डेलिभरीका लागि ब्रेन्ट कच्चा तेलको फ्युचर्स मूल्य ९७ सेन्टले (१.५ प्रतिशत) वृद्धि भएको छ।

इरान ओपेक (पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन) का तेस्रो ठूला तेल उत्पादक मध्ये एक हो। यदि इजरायलको सम्भावित आक्रमणले इरानको तेल आपूर्तिमा प्रभाव पार्‍यो भने विश्व बजारमा थप मूल्यवृद्धि हुने अनुमान गरिएको छ।

  • २०८२ जेठ ८, बिहीबार १२:५४