• २०८३ असार ७
  • 2026 June 21, Sunday

जेठ १२ मा नेसपा गङ्गानारायण समूह र माओवादी केन्द्रबीच औपचारिक एकता

  • २०८२ जेठ ९, शुक्रबार १०:५४

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अन्तर्गत गङ्गानारायण श्रेष्ठ नेतृत्वको समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ। अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रिया पछि हटेपछि श्रेष्ठ समूह एकल रूपमा माओवादीमा गाभिन लागिएको हो।

यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक आह्वान गरेको छ। श्रेष्ठका अनुसार, केन्द्रीय समितिको बहुमतले एकताको निर्णय गर्नेछ र त्यसपछि पार्टी माओवादी केन्द्रमा समाहित हुनेछ।

श्रेष्ठले जानकारी दिएअनुसार, दुबै पार्टीबीच जेठ १२ गते औपचारिक रूपमा एकता घोषणा गर्ने सहमति भइसकेको छ। यसअघि, पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्म कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउने कार्यक्रम तय भएको छ।

यसअघि, २०८० साल चैत ३ गते महिन्द्र समूह र माओवादी केन्द्रबीच पार्टी एकता सम्बन्धी प्रारम्भिक सहमति भएको थियो। तर, प्रचण्ड नेतृत्वले कोष्ट क्षेत्रको माओवादी समूहमाथि स्पष्ट निर्णय नगरेपछि महासचिव रमेशप्रसाद यादवले तत्काल एकता सम्भव नरहेको जनाएका थिए।

  • २०८२ जेठ ९, शुक्रबार १०:५४