• २०८३ असार १०
  • 2026 June 24, Wednesday

ओलीको घोषणा : भ्रष्टाचारविरुद्ध अनुहार नहेरी कारबाही, १४ महिनापछि सत्ता देउवालाई सुम्पिन्छु

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरेका छन्।

शुक्रबार पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले आफूहरू अनुहार हेरेर होइन, सिद्धान्तका आधारमा भ्रष्टाचारविरुद्ध लडिरहेको बताए।

प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेका र राजनीतिको थाहा नभएका व्यक्तिको हातमा सत्ता पुगेपछि मुलुकमा अस्थिरता आएको आरोप लगाउँदै त्यसैकारण नेपाली कांग्रेससँग मिलेर सरकार बनाएको स्पष्ट पारे। “राजनीति नबुझेका हातमा मुलुक गयो, त्यसैले हामी कांग्रेससँग सहकार्यमा आएका हौं,” उनले भने।

उनले सरकार ढल्यो भनेर हल्ला गर्नेहरूलाई लक्षित गर्दै भने, “अबको १४ महिनापछि म स्वयं राजीनामा दिएर सरकार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु। हामी सत्ता छोडेर होइन, सरकारमा रहेर निर्वाचन गराउँछौं।”

प्रधानमन्त्री ओलीले स्थिरता र सुशासनका लागि बनेको गठबन्धन सरकार टिकाइरहने प्रतिबद्धता पनि व्यक्त गरे।