• २०८३ असार ७
  • 2026 June 21, Sunday

माओवादी बैठक जारी, पार्टी एकता निर्णय हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सुरु भएको छ । बैठक सुरु भएको जानकारी प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले दिएका छन् ।

बैठकमा गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकता प्रक्रियासम्बन्धी निर्णय, हालै सञ्चालन गरिएको अभियानको समीक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

यसै सन्दर्भमा सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्कोस्थित खरिबोटको कान्तिपुर ब्याङ्क्वेटमा पार्टी एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।