• २०८३ असार ७
  • 2026 June 21, Sunday

रास्वपाले बोलायो संसदीय दलको बैठक, गृहमन्त्रीबारे उठेका प्रश्नमा छलफल गरिने

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक माथि उठेका प्रश्नमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार दिउँसो अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा छलफलका लागि तीन एजेण्डा छ । गृहमन्त्री लेखकमाथि उठेको प्रश्न, संसदमा रास्वपाले निर्वाह गर्नुपर्ने भूमिका र विविध रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।

बैठक संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा बस्नेछ ।