नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई निरंकुशताकाे संकेतको रूपमा व्याख्या गरेका छन्।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले प्रधानमन्त्री ओलीले “जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्तिमाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल होला भन्ने आशा गरेको तर त्यसको सट्टा आफैंबारे चर्चा भएको बताएका छन्।
उनले व्यंग्यात्मक रूपमा भने, “मैले सोचें प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुन्छ, तर मेरोबारे छलफल भयो, त्यसैले खुसी लाग्यो।
पार्टी कुन अवस्थामा पुगेको छ भन्ने पनि यहि बेला थाहा पाइयो।”