• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रतिनिधि सभा बैठक साढे दुई बजेसम्मका लागि स्थगित

काठमाडौँ । मङ्गलबारको प्रतिनिधिसभा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान साढे ११ बजे बसेको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठक सूचना टाँसेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन् । बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए ।

त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।