काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रबारे जनता कता छन् भन्ने विषयमा जेठ १५ गते रत्नपार्कमा जनमत संग्रह जस्तो कार्यक्रम भएको दावी गरेका छन् ।
राजसंस्था पुनर्स्थापना गर्ने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीबिना विकल्प नभएको बताए ।
उनले भने, “राजतन्त्र र गणतन्त्रबारे हिजो एक प्रकारको जनमत संग्रह जस्तै भयो । प्रधानमन्त्रीले आह्वान गरेको गणतन्त्रपक्षीय प्रदर्शनमा उपस्थिति र गणतन्त्रको विपक्षमा देखिएका उपस्थितिले स्पष्ट संकेत दिए ।”
लिङ्देनले प्रधानमन्त्री र अन्य दलका नेताहरुलाई आक्रमक शब्दावलीको सट्टा संवाद र सहमति खोज्न आग्रह गर्दै भने, “म कब्जा गर्छु, नियन्त्रण गर्छु, निस्तेज पार्छु भन्ने भाषाको साटो वार्तामा जुट्न आग्रह गर्छु ।”
उनले सरकार र दलहरुलाई राजासहितको नवीन समझदारीमा आउन अनुरोध गर्दै आन्दोलन जारी रहने बताए ।