• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बजेटमा स्वास्थ्यमन्त्रीको घोषणा अनुसार थप योजना तथा कार्यक्रम समावेश

काठमाडौं।  सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो रकम गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँ भन्दा करिब ९ अर्ब ५७ करोड रुपैयाँले बढी हो ।

स्वास्थ्य क्षेत्रमा दातृ निकायको बजेट घट्दै गएको बेला बढ्दो चुनौतीहरू सामना गर्न बजेट वृद्धि गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।