• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री ओलीको निमन्त्रणामा रुसी कम्युनिष्ट महासचिव नेपाल आउने, पत्र राजन भट्टराईमार्फत हस्तान्तरण

काठमाडौं।  नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपाल भ्रमणका लागि निमन्त्रण गरेका छन्।

हाल रसियाको भ्रमणमा रहेका एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महासचिव जुगानोभसँगको भेटमा प्रधानमन्त्री ओलीको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन्। भेटपछि महासचिव जुगानोभले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन्।

भट्टराईसँगै प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली, रसियामा नेपाली राजदूत जंगबहादुर चौहान, र प्रवासी नेपाली मञ्च रुसका अध्यक्ष दिनानाथ राजभण्डारीको सहभागिता रहेको टोलीले जुगानोभसँग औपचारिक भेटवार्ता गरेको थियो।

भेटमा दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार, द्विपक्षीय सम्बन्ध सुदृढीकरण, र नेपाल–रुस सम्बन्धका अन्य विषयमा समेत छलफल भएको जनाइएको छ।