• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार राजधानीको नारायणचौरमा आयोजित राजावादी प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेका छन्।

प्रदर्शन स्थलमा , थापासहित अन्य केही राजावादी कार्यकर्ताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। नारायणचौरबाट बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई पक्राउ गरेको बताइएको छ। राजावादी समूहले बिहीबारदेखि वर्तमान शासन प्रणालीविरुद्ध आन्दोलन गर्दै आएको छ।