• २०८३ असार ७
  • 2026 June 21, Sunday

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेशमा ६४ वटा सडकको एकसाथ शिलान्यास

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडक निर्माणको आइतबार विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका छन्।

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित विशेष कार्यक्रममा उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत प्रदेशभरका सडक योजनाको शिलान्यास गरेका हुन्।

मधेस प्रदेश सरकारले गौरवको योजना मानेको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अभियानअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक ठूला सडक निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।

यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा उल्लेख गर्दै योजनाको सफल कार्यान्वयनमा संघीय सरकारको समेत सहयोग रहने प्रतिबद्धता जनाएका थिए।