नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू पैसा खर्चेर भीड जम्मा गरिरहेको आरोप लगाएका छन्।
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले राजावादीहरू विदेशदेखि पैसा ल्याएर भाडाका मान्छेहरूलाई प्रयोग गर्दै प्रदर्शन गराइरहेको बताएका हुन्।
उनका अनुसार, राजावादीहरूले जाँड खुवाउने, उफार्ने, उच्छृङ्खल बनाउने कार्य गरिरहेका छन् र त्यसले परिस्थिति बिग्रन सक्ने खतरा रहेको छ।
प्रचण्डले आफ्ना कार्यकर्तालाई सतर्क रहन आग्रह गर्दै भने, ‘हामी कसैको आन्दोलनमा गएर आक्रमण गर्ने पक्षमा छैनौं, तर यदि उनीहरूले हाम्रैमाथि आक्रमण गर्ने प्रयास गरे भने, त्यसको कडा जवाफ दिनुपर्छ।’
उनले थपे, ‘इँटको जवाफ पत्थरले दिने तयारी गर्नुपर्छ, आवश्यकता परे त्यसैअनुसार प्रतिकार गर्नैपर्छ।’