• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ।

सोमबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो।

त्यसैगरी, सोमबार नै दिउँसो ३ बजे वनस्थलीमै पार्टी संसदीय दलको बैठक पनि बोलाइएको छ। बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने बताउँदै आएको छ।