काठमाडौं। गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका प्रतिनिधिहरूसँग छलफलका लागि बोलाएका छन् ।
हाल गृहमन्त्रालयमा दुवै पक्षबीच वार्ता जारी छ । विभिन्न मागहरूसहित आन्दोलनरत यातायात व्यवसायीहरूले देशभर सार्वजनिक सवारी सञ्चालन ठप्प पारेका छन् ।
उनीहरूको मुख्य आपत्ति अहिले ‘राइड सेयरिङ’ सेवामाथि केन्द्रित रहेको छ ।