• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बिमा प्राधिकरण अध्यक्ष ओझाविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा अन्तरिम आदेश सम्बन्धी सुनुवाइ आज हुँदैछ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो। यसअघि सर्वोच्च अदालतले ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन आदेश दिएको थियो।

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्ति खारेजीको माग गर्दै रिट दायर गरेकी थिइन्। रिटमा प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता नपुगेको व्यक्ति नियुक्त गरिएको भन्दै नियुक्ति बदरको माग गरिएको छ।

सरकारले फागुन १२ गते शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।