• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद्‌मा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।