• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आज गभर्नर नियुक्ति सम्बन्धी रिटमा अन्तरिम आदेशमाथि सुनुवाइ हुँदै

काठमाडौं। अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिएको निर्णयविरुद्ध दायर रिटमा आज (मंगलबार) अन्तरिम आदेशबारे सुनुवाइ हुँदैछ।

गत जेठ १२ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमा सर्वोच्च अदालतले जेठ १४ गते विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न उपस्थित हुन आदेश दिएको थियो।