• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अवरोध हटाउन सभामुखको छलफल, सदन अझै सुरु हुन सकेन

काठमाडौं। प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरे सक्रिय भएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म विपक्षी दलहरूले सदन चल्न नदिने अडान राखेका छन्।

यसैबीच, अवरोध हटाउन सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। त्यसपछि एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग पनि सभामुखले छलफल गरिरहेका छन् भने सभामुखको सचिवालयले जनाएको छ।

विपक्षी दलको बैठक पनि अहिले जारी छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक भने अहिलेसम्म सुरु हुन सकेको छैन।