• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नागरिक उन्मुक्ति बाँके अध्यक्ष चन्तराम थारु कांग्रेसमा प्रवेश

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपालगञ्जमा मंगलबार आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनका अवसरमा महामन्त्री गगन थापाले उनलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।

थारु कांग्रेसमा प्रवेशसँगै पार्टीको संगठन विस्तारमा योगदान दिने अपेक्षा गरिएको छ।