• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसदीय समितिमै रास्वपाले उठायो गृहमन्त्री लेखकको राजीनाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा संलग्नता देखिएकाले पदबाट राजीनामा दिनुपर्ने माग राखिन्।

उनको भनाइमा यदि अनुसन्धानबाट मन्त्री लेखक निर्दोष ठहरिए भने फेरि जिम्मेवारी सम्हाल्न कसैले रोक्दैन। सांसद कार्कीले सरकारलाई आफ्ना कार्यशैलीमा सुधार ल्याउन पनि सुझाव दिइन्।