• २०८३ असार ५
  • 2026 June 19, Friday

एमालेको झोलामा के के छन्? महासचिव शंकर पोखरेलको सात बुँदे जवाफ

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक गरिएको ‘झोले पोस्टर’लाई लिएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म बहस चर्किएको छ।

ओलीले सार्वजनिक गरेको पोस्टरलाई एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गर्दै अभियानकै रूप दिएका छन्। यसै सन्दर्भमा पार्टीका महासचिव शंकर पोखरेलले एमालेको ‘झोलाको’ विषयमा उठेको प्रश्नमा सात बुँदामा जवाफ दिएका छन्।

पोखरेलले ‘नेकपा (एमाले) का नेता र कार्यकर्ताको झोलामा के छ?’ भन्ने जिज्ञासामा जवाफ दिँदै एमालेको झोला गौरवका साथ बोक्न आह्वान गरेका छन्। उनले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेको विचार, नीतिगत आधार र सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

महासचिव पोखरेलद्वारा प्रस्तुत ७ बुँदाका जवाफ यसप्रकार छन्:

१. मार्क्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२. जनताको बहुदलीय जनवाद: सिर्जनात्मक विकाससहितको मौलिक सिद्धान्त

३. परिपूर्ण लोकतन्त्र: जबजको अभ्यास र विकासबाट उत्पन्न मान्यता

४. सन्तुलित परराष्ट्र नीति: नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशील

५. लोकतान्त्रिक पार्टी जीवन: जबजको सिद्धान्तमा आधारित संगठन सञ्चालन

६. जनसम्पर्कमा आधारित जीवनशैली: जनतासँगको सम्बन्धमा आधारित आचरण

७. समाजवादको नेपाली मार्गचित्र: प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित

पोखरेलले भने, “आउनुहोस्, समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा साकार पार्न एमालेको झोला गर्वका साथ बोऔं र प्रतिक्रियावादीहरूले फैलाएका भ्रमबाट समाजलाई मुक्त गर्न जुटौं।”