• २०८३ असार ५
  • 2026 June 19, Friday

सदनको गतिरोध यथावत, बैठक भोलि १ बजेलाई सारियो

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित गर्दै भोलि दिउँसो १ बजेका लागि सारिएको छ।

आज बिहान ११ बजे र पुनः सवा ३ बजेका लागि निर्धारण गरिएको बैठक भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्षीबीच सहमति नजुटेपछि स्थगित गरिएको हो।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्। उता, सत्तापक्ष भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने अडानमा रहेको छ।

सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि कुनै सहमति जुट्न सकेन। विपक्षीले गृहमन्त्री बोल्नुअघि छानबिन आयोग गठन गर्ने स्पष्ट कार्यादेश (टीओआर) सहित सरकारले प्रस्ताव ल्याउनुपर्ने शर्त राखेका छन्।