• २०८३ असार ५
  • 2026 June 19, Friday

‘जनता सन्तुष्ट भए लोकतन्त्र स्वतः बलियो बन्छ’

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उत्कृष्ट शासन प्रणाली अहिलेसम्म विश्वमा कतै नदेखिएको बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखा परेका कमजोरीहरूलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई उनले आह्वान गरे।

“गणतन्त्रको प्रतिफल पाएर जनता खुसी र सन्तुष्ट भए लोकतन्त्र आफैँ बलियो र समृद्ध बन्छ,” रेग्मीले भने, “कमजोरी सुधार्दै अगाडि बढ्न सकिन्छ। ”उनले गणतन्त्र स्थापनाका लागि भएको लामो संघर्ष र बलिदानको मूल्य सम्झन जरुरी रहेको उल्लेख गर्दै समयमै कानुन निर्माण र प्रभावकारी योजना आवश्यक रहेकोमा जोड दिए।

पहिलो संविधानसभा विघटनपछि उत्पन्न राजनीतिक अन्योल र जटिल अवस्थाको समयमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै उनले त्यही संविधानसभाबाट संविधान जारी हुनु आफ्नो लागि गौरवको विषय भएको बताए। स्रोत व्यवस्थापन र व्यवहारिक अभ्यासमा देखिएका केही कमजोरीहरू तत्काल सुधार गर्न सकिने उनको भनाइ थियो।