• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शुक्रबार मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।

मधेस प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहका अनुसार यो वर्षको नीति तथा कार्यक्रम विगतका भन्दा फरक ढंगले प्रस्तुत गरिनेछ। उनका अनुसार ‘इन्टर–कनेक्टेड वे’ (परस्पर समन्वयात्मक दृष्टिकोण) मा आधारित नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।

डा. साहका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा व्यवसायीकरणलाई प्राथमिकतामा राखिएको छ। साथै, आन्तरिक उत्पादन वृद्धि गर्दै युवालाई रोजगारीमा केन्द्रित योजनाहरू प्रस्ताव गरिएको छ।

उनले भने, “यसपालिको नीति तथा कार्यक्रमले विकासका प्रमुख क्षेत्रहरूबीच आपसी सम्बन्ध स्थापित गर्दै उत्पादनमुखी र रोजगारीमूलक आधार तयार पार्ने लक्ष्य राखेको छ।”