• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मधेसमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेस प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।

शुक्रबार जनकपुरधामस्थित पार्टीको मधेस प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमतिअनुसार सरकार कांग्रेसको नेतृत्वमा आउने स्पष्ट पारे।

“आलोपालो सरकार बनाउने सहमति भएकै हो, अब छिट्टै त्यसबारे सत्ता साझेदारहरूसँग छलफल हुन्छ,” देउवाले भने, “र कांग्रेस नेतृत्वमा सरकार बन्नेछ।”

उनको यो भनाइ सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आगामी सत्ता हस्तान्तरणको तयारीलाई संकेत गर्दछ। कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो।