• २०८३ असार १४
  • 2026 June 28, Sunday

ट्रम्प–मस्क विवादपछि टेस्लाको शेयरमा १५० अर्ब डलरको गिरावट

  • २०८२ जेठ २३, शुक्रबार १३:१९

वासिङ्टन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा बिहीबार एकैदिन १४ प्रतिशतको भारी गिरावट आएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो गिरावटको कारण कम्पनीका प्रमुख इलन मस्क र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रूपमा देखिएको विवाद हो।

बिहीबार राष्ट्रपति ट्रम्पले सरकारी खर्च कटौतीको सन्दर्भमा मस्कको कम्पनीलाई दिइँदै आएको अनुदान रोक्ने र भएका सम्झौता रद्द गर्ने घोषणा गरेपछि मस्कले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पविरुद्ध तीव्र आलोचना गरेका थिए। उनले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएकोदेखि लिएर, उनीमाथि महाभियोग लाग्नुपर्ने सम्मका अभिव्यक्ति दिएका थिए।

यसको प्रतिक्रिया स्वरूप ट्रम्पले पनि आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै मस्कको व्यवहारमाथि प्रहार गरेका थिए। त्यसै दिन टेस्लाको सेयर मूल्य निरन्तर ओरालो लाग्दै कारोबार बन्द हुने बेलासम्म कम्पनीको बजार मूल्य १५० अर्ब डलरले घटेको रोयटर्सले जनाएको छ। यो टेस्लाको सेयर मूल्यमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट मानिएको छ।

  • २०८२ जेठ २३, शुक्रबार १३:१९