पाँचपटक डलेल्धुराबाट देउवालाई निर्वाचनमा चुनौती दिइरहेका ‘मम्याल बाजे’ भनेर चिनिने कर्णसिंह रावलको निधन भएको छ ।
लामो समय देखी विभिन्न रोगबाट ग्रसित कर्णसिंहको ८५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । नवदुर्गा गाउँपालिकाको मम्या पुर्ख्यौली घर भएका उनि अमरगढी बस्दै आएका थिए । उनि २०५६ साल पछी हरेक निर्वाचनमा काङ्गरेस सभापती शेर बहादुर देउवासंग भिड्दै आइरहेका थिए । उनि हरेक निर्वाचनमा स्वतन्त्र रुपमा उमेदवारी दिदै आइरहेका थिए ।
मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएका थिए । तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको रावल बताउँथे । २०५४ मा सेवानिवृत्त भएका रावल २०५६ देखि देउवाविरुद्ध चुनाव लड्न थाले ।
‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न,’ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि उनले भनेका थिए । २०७९ को चुनावमा रावलले ४४२ मत पाएका थिए