• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दरबारमार्गमा तीन करोड लगानीमा स्केचर्सको आधिकारिक स्टोर, सिभिल मलमा पनि विस्तारको तयारी

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमा पहिलोपटक तीन करोड रुपैयाँको लगानीमा आफ्नो आधिकारिक स्टोर संचालनमा ल्याएको छ।

शुक्रबारदेखि काठमाडौंको दरबारमार्गमा औपचारिक रूपमा उद्घाटन गरी स्टोर सञ्चालनमा आएको स्केचर्सले आगामी असोज महिनाभित्रै सुन्धारास्थित सिभिल मलमा दोस्रो स्टोर खोल्ने तयारी गरेको छ।

हाल दरबारमार्गको स्टोर नेपालमै एकमात्र आधिकारिक स्केचर्स स्टोर हो। स्टोरमा २०२५ सिजनका नयाँ कलेक्सन सहित अमेरिकाबाट प्रत्यक्ष आयात गरिएका इनलाइन उत्पादनहरू उपलब्ध छन्।

कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विश्वास थोकरले भने, “नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण सुरुआत हो।”

स्केचर्सका उत्पादनहरू सजिलो, नवीनता र आधुनिक शैलीका लागि विश्वभर परिचित छन्। दरबारमार्गको स्टोरले जीवनशैली र परफरमेन्स दुवैका लागि उपयुक्त फुटवेयर उपलब्ध गराउनेछ।

यसअघि नेपाली ग्राहकले स्केचर्सका जुत्ता अमेरिकाबाट मगाउनु पर्ने अवस्था थियो। अबदेखि नेपालमै आधिकारिक रूपमा खरिद गर्न सकिने छ। कम्पनीले कमलपोखरीस्थित सिटी सेन्टरमा पनि चाँडै स्टोर खोल्ने तयारी गरिरहेको छ भने उपत्यका बाहिर पनि शाखा विस्तारको योजना बनाइएको छ।