आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ। स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ।
फोर्टहिल, डुन्डीमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट खेल सुरु हुनेछ।
यसअघि स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। त्यसपछि नेदरल्याण्ड्ससँगको खेलमा पनि नेपालले ५ विकेटले शानदार जित हात पार्दै सिरिजमा अपराजित यात्रालाई कायम राखेको छ।
नेपालले यस सिरिजको अन्तिम खेल नेदरल्याण्ड्सविरुद्ध यही बिहीबार खेल्नेछ।
अंकतालिका हेर्दा नेपाल १४ खेलबाट १० अंकसहित सातौँ स्थानमा रहेको छ। नेपालभन्दा एक स्थान माथि नामिबिया छ, जसले २० खेलबाट १४ अंक बनाएको छ।
यसै तालिकामा १६ खेलबाट ६ अंक जोडेको युएई पुछारमा छ।
शीर्ष स्थानमा रहेको अमेरिका २० खेलबाट २८ अंकका साथ अगाडि छ। दोस्रो स्थानमा नेदरल्याण्ड्सले २२ खेलबाट २६ अंक जोडेको छ। ओमान तेस्रो स्थानमा २४ अंक (२० खेल), स्कटल्याण्ड चौथो स्थानमा २२ अंक (१८ खेल) र क्यानडा पाँचौँ स्थानमा २० अंक (२० खेल) सहित रहेका छन्।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल