• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पूर्वराष्ट्रपति भण्डारीको भनाइ :कार्यकर्ता भेटघाट गर्न अनुमति चाहिँदैन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको कार्यकर्ता भएकाले पार्टीका नेतासँग भेटघाट गर्न कुनै अनुमति आवश्यक नपर्ने बताएकी छन्।

मंगलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमालेका धेरै नेताहरूसँग पहिलेदेखि नै सम्पर्क रहेको र त्यसकै आधारमा भेटघाट भइरहेकाे बताइन्।

भण्डारीले आफूले औपचारिक रूपमा संगठित सदस्यता नलिए पनि एमालेमै काम थालेको स्मरण गराउँदै, पार्टीका कार्यक्रमहरूमा सहभागी हुन कुनै स्वीकृति लिनु नपर्ने स्पष्ट पारिन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा भण्डारीको नाम उल्लेख नगरी टिप्पणी गरेपछि त्यसबारे सोधिएको प्रश्नमा उनले, “राष्ट्रपति हुनुअघि नै एमालेसँग जोडिएकी थिएँ” भनेर जवाफ दिइन्।

भण्डारीले पार्टीसँग आफ्नो राम्रो चिनजान रहेको र नेताहरूले बोलाउनु स्वाभाविक भएको बताउँदै, आफू गुटको राजनीतिमा संलग्न नरहेको दाबी गरिन्। उनले जहाँ आवश्यकता हुन्छ त्यहीँ सक्रिय हुने बताइन्। हालै उनी कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किएकी हुन्।