• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको वानेश्वरमा बैठक

काठमाडौँ । लामो समयदेखि जारी संसदीय गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप विपक्षी दलका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमक्ष प्रस्तुत गरेको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा छलफल जारी छ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे र र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनले दिएको जानकारीअनुसार, बैठकमा रास्वपाले अघि सारेका प्रस्तावहरूमाथि केन्द्रित रहेर साझा धारणा निर्माण गर्ने प्रयास भइरहेको छ। ‘यस बैठकबाट एउटा साझा धारणा बनाएर सत्तारूढ दलसँग पुनः छलफल गर्ने तयारी छ,’ पुनले भने।