• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सहमति नजुट्दा संसद बैठक अन्योलमा

काठमाडौं । बुधबार पनि सत्तारूढ र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा संसद बैठक अनिश्चित बनेको छ।

सभामुख देवराज घिमिरेको पहलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका नेताहरूको संयुक्त बैठक बसेको थियो। तर, प्रतिपक्षी दलहरूले उठाएको गृह मन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग सत्तापक्षले नस्वीकारेपछि बैठक निष्कर्षविहीन बन्यो।

पछिल्लो छलफलपछि कांग्रेस र माओवादी केन्द्रबीच छुट्टै बैठक जारी छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता वर्षमान पुनले नेतृत्व गरेका छन्।

यसअघि प्रतिपक्षी दलहरूले रास्वपाको पाँच बुँदे प्रस्ताव स्वीकार गरेका थिए, जसमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई मुख्य मागको रूपमा राखिएको छ। प्रतिपक्षीले सो प्रस्ताव सत्तापक्षसँग पनि साझा गर्न प्रयास गर्ने निर्णय गरेका छन्।