• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पत्रकारप्रति अनुदार हुनु सरकारको निरंकुशता– डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई वाक तथा प्रेस स्वतन्त्रतामाथिको हमला बताएका छन्।

सामाजिक सञ्जालमार्फत डा. कोइरालाले भने, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन। अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन।’

उनले सरकारले आलोचनात्मक स्वरलाई दबाउने प्रयास गरेको आरोप लगाउँदै लोकतन्त्रमा प्रेस स्वतन्त्रताको संवेदनशीलता सम्झन आग्रह गरे। उनका अनुसार, यस्तो कार्यले शासनप्रणालीप्रति जनविश्वास घट्ने र असन्तुष्टि चुलिने खतरा रहन्छ।

पत्रकारविरुद्ध कारवाहीको समाचार सार्वजनिक भएपछि विभिन्न सञ्चार संस्थाहरू र मानव अधिकारवादी समूहहरूले पनि यसप्रति आपत्ति जनाएका छन्।