• २०८३ असार ५
  • 2026 June 19, Friday

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, विपक्षी गठबन्धनको बैठक तयारीमा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा अवरुद्ध संसद् खुलाउने विषयमा दुई दलका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो । गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विपक्षीले संसद् बैठक अवरोध गर्दै आएका छन् ।

दुई नेताको छलफल सकिए लगत्तै संसद्का विपक्षी दलको बैठक बस्न लागेको छ । त्यसपछि विपक्षी र सत्तारुढ दलको बैठक बस्ने तयारी छ । दलहरूबिच सहमति जुटाएर आजबाट संसद्को अवरोध खुलाउन दलका नेताहरू लागेका हुन् । आज दिउँसो ३ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।