• २०८३ असार ५
  • 2026 June 19, Friday

माओवादी सदन खुलाउन सकारात्मक

काठमाडौं । अवरुद्ध सदन खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सकारात्मक देखिएको छ ।

भिजिट भिसा प्रकरणका कारण अवरुद्ध रहेको प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरेसँग अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार गरेको भेटवार्तामा माओवादी अवरुद्ध सदन खुलाउन सकारात्मक देखिएको हो ।

सभामुख घिमिरेले प्रचण्डसँगको भेटमा बजेटमाथिको सैद्धान्तिक छलफलका लागि निर्धारण गरिएको कार्यतालिका घर्किएको, दफावार छलफलबाट सहमति जुटेर सभामा आएका निजामती र नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न अत्यावश्यक रहेको भन्दै गतिरोध अन्त्यका लागि सहमति गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले आफूले त्यो विषय बुझेको र सहमतिका लागि प्रयास गर्ने बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।