• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभा बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर तीन बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी दलहरूले घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राखेका छन् । सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।