• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहमन्त्रीको राजीनामा र छानबिनबाट पछि हटेर माओवादीले अग्नि सापकोटालाई जोगायो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा तीन दलबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएका छन् ।

उनले नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिबाट ब्याक भएर उपाध्यक्ष अग्नि सापकोटालाई बचाएको दाबी गरे ।

उनले फेसबुकमा लेखेका छन्, ‘ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्वसभामुख अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा…।‍

’राप्रपाका सांसद शाहीले संसद् जनताको कानून बनाउने थलो नभएर सेटिङ गर्ने थलो भएको विडम्बनाका साथ भन्नुपर्ने अवस्थामा पुर्‍याएको बताए ।