इरानद्वारा इजरायलमा गरिएको मिसाइल आक्रमणमा ७ जनाको मृत्यु

काठमाडौं । इरानले इजरायलमा गरेको नयाँ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

इजरायली सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै अलजजिराले उल्लेख गरेअनुसार इरानले हाइफा र तेल अभिभ शहरहरूसहित इजरायलभरि लक्षित क्षेप्यास्त्र प्रहार गरेको छ ।

इजरायली सेनाले इरानभरि नागरिक र ऊर्जा पूर्वाधारमा बमबारी गरेपछि तेहरानको शाहरान तेल कारखानामा आगो लागेको थियो।इजरायली सेनाले ‘इरानी शासनको आणविक हतियार परियोजनासँग सम्बन्धित’ स्थलहरूलाई लक्षित गरेको बताएको छ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१