• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आन्दोलनकै बीच संसद सञ्चालन गर्नु दादागिरी हो : राप्रपा सांसद ज्ञानेन्द्र शाही

काठमाडौं।  प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनबीच संसद चलाउनु दादागिरी भएको बताएका छन्।

आइतबार संसदमा राप्रपा र रास्वपाले विरोध जनाएको छ। रास्वपाका दलहरूले वेल समेत घेराउ गरी विरोध जनाएका छन्।

त्यसैबीच समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको बताएका हुन्।

‘सभामुखज्यू मैले राख्ने कुरा केही पनि छैन। संसदमा यसरी आन्दोलन भइरहेको बेलामा यसरी संसद चलाउनु उचित हुन्छ? उचित हुँदैन भन्ने लाग्छ मलाई सम्माननीय समामुखज्यू,’ उनले भने, ‘त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्न मागमा सबैले साथ दिनुस्। अरू कुरा केही नगरी यसरी संसद चलाउनु संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’