• २०८३ असार ५
  • 2026 June 19, Friday

भिजिट भिसा प्रकरणको छानबिन छिटो सुरू गर्न माग : नेकपा एकीकृत समाजवादी

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भित्र भनेको हो । यसकारण ३ दिनभित्रै गरियोस्’ उनले भने ।

सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ ।‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे ।उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवरोधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’ सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने उनले बताए ।