थापा प्रगतिशील कानुन व्यवसायी संगठनको अध्यक्षमा निर्वाचित

काठमाडौँ । नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए)को अध्यक्ष पदमा  अमर थापा चयन भएका छन् ।

गए राति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार संगठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन् ।  गत शनिवारदेखी पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१