• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

देश बनाउने जिम्मा फेरि माओवादी केन्द्रलाई दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनताले देश बनाउने जिम्मा फेरि एकपटक माओवादी केन्द्रलाई दिएर बहुमत दिलाउनुपर्ने बताएका छन्।

सोमबार पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले पार्टीलाई अझ सशक्त बनाउने जिम्मेवारी सबै नागरिकको भएको बताए। पछिल्लो समय पार्टीका गतिविधिमा उल्लेख्य जनसहभागिता देखिएको दाबी गर्दै उनले भ्रष्टाचारलाई संरक्षण गर्ने र यसलाई प्रवर्द्धन गर्ने नियतले माओवादी नेतृत्वको सरकार हटाइएको आरोप लगाएका छन्।

श्रेष्ठले अहिलेको सरकारलाई भ्रष्ट र निरङ्कुश भन्दै आलोचना समेत गरे। उनले संक्रमणकालीन न्याय प्रक्रिया अन्तर्गत शान्ति प्रक्रियाका बाँकी काम रोक्न खोजिएको उल्लेख गर्दै ती कार्य तत्काल सम्पन्न गर्न दबाब आवश्यक रहेको बताएका छन्।