काठमाडौं । रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।
आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।
प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन् ।