• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा परे फेला

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले तार्केश्वर नगरपालिका–३ मा रहेको श्रिनाथ बुटिक रिसोर्टबाट उनलाई सकुशल उद्धार गरेको हो।

डा. श्रेष्ठले रामेछाप जिल्ला अस्पतालबाट रमाना लिएर हेटौँडामा कार्यभार सम्हाल्न गएका थिए। तर, आफूलाई हाजिर नगराइएको गुनासो गर्दै उनले फेसबुकमा लामो भावुक स्टाटस लेखेका थिए र त्यसपछि उनि सम्पर्कविहीन बनेका थिए।

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्ण हल नजिकको डेराबाट बुलेट मोटरसाइकलमा निस्केका उनी स्टाटस लेखेपछि मोबाइल बन्द गरेका थिए। त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ प्रहरी परिसरका टोलीले खोजी कार्य तीव्र बनाएका थिए।

पूर्वी नवलपरासीको गैँडाकोटका स्थायी बासिन्दा डा. श्रेष्ठ रामेछाप अस्पतालमा निमित्त प्रमुखको रूपमा कार्यरत थिए। उनको हेटौँडामा सरुवा भइसकेको छ। फेसबुक स्टाटसमार्फत उनले रामेछापमा काम गर्दा केही व्यक्तिले अवरोध सिर्जना गरेको भन्दै गुनासो पोखेका थिए।

काठमाडौँका एसएसपी विश्व अधिकारीका अनुसार, हाल उनलाई सकुशल अवस्थामा भेटिएको छ।